News Griha :: न्यूजगृह
संसदलाई जानकारी गराएरै विदेश भ्रमण गएको हुँ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा संसदलाई जानकारी गराएरै गएको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए ।

उनले भने,‘म हरेकपटक विदेश भ्रमण जाँदा सधैं सम्मनित सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’

प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणी भएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:०७
Weather Update