News Griha :: न्यूजगृह
बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ बौद्धिक अपांगता भएकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका– ४ का ४२ वर्षीय दीपकबहादुर बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २१ गते विवाह गर्छु भनी ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्दै पीडितका आफन्तमार्फत जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात पेस गरी जापान पठाउने १४ म्यानपावर निलम्बित
नक्कली कागजात पेस गरी जापान पठाउने १४ म्यानपावर निलम्बित नक्कली कागजात पेस गरी श्रम स्वीकृति लिई जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सोमबार निलम्बन गरेको छ । विभागका महानिर्देशक मदन दाहालले तालिमको शंकास्पद प्रमाणपत्रमाथि भएको प्रारम्भिक अनुसन्धानबाट संलग्नता देखिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
एमसीसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह
एमसीसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेको अमेरिकी सहयोग परियोजना एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका हुन् ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्याप्रति सरकार गम्भीर : सञ्चारमन्त्री शर्मा
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्याप्रति सरकार गम्भीर : सञ्चारमन्त्री शर्मा सोमबार सिंहदरबारमा पछिल्लो समयमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताएकी हुन् ।
एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर
एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यत्रय न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले कार्कीलाई सोमबार दोषी ठहर गरेको हो ।
कोभिड—१९ खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार
कोभिड—१९ खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार कोभिड—१९ विरुद्धको खोपको अनुसन्धान गर्ने दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन् ।नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।
चाडबाडलक्षित यातायात व्यवस्थापनबारे संसदीय समितिले यातायातमन्त्रीसँग छलफल गर्ने
चाडबाडलक्षित यातायात व्यवस्थापनबारे संसदीय समितिले यातायातमन्त्रीसँग छलफल गर्ने प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएर चाडबाडलक्षित यातायत व्यवस्थापनबारे छलफल गर्ने भएको छ ।
बाल र राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने भनेका छौं, कति सक्छौं सोच्न जरुरी छ : नेता जोशी
बाल र राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने भनेका छौं, कति सक्छौं सोच्न जरुरी छ : नेता जोशी नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् ।
हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते
हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते बाग्मती प्रदेशको राजधानी हेटौँडास्थित सोमबार सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।मकवानपुर प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको हुन्  ।
औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी विधेयकप्रति व्यवसायीको असहमति, बुझाए सभामुखलाई ज्ञापपत्र
औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी विधेयकप्रति व्यवसायीको असहमति, बुझाए सभामुखलाई ज्ञापपत्र नेपाल औषधी व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा संघीय निजामती विधेयक ल्याउनुपर्नेलगायत माग गर्दै स्थानीय तहका कर्मचारीले सोमबारदेखि काठमडौंको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका छन् । उनीहरूले देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम तय गरेका छन् ।
Weather Update