News Griha :: न्यूजगृह
बाल र राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने भनेका छौं, कति सक्छौं सोच्न जरुरी छ : नेता जोशी

काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् ।

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभा एवम् विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा विधेयक आउँदा कसरी राम्रो बनाउने भन्ने कुरामा चिन्तित रहेको भन्दै राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको बताएका हुन् ।

उनले भने,‘शिक्षा विधेयक आउँदा कसरी राम्रो बनाउने भन्ने कुरामा हामी चिन्तित छौं । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न सकेको छैन । सबै बाल शिक्षकलाई पनि विद्यालय शिक्षकमा राख्ने, राहत शिक्षकलाई दरबन्दीमा परिणत गर्ने सबै कुराको प्रतिबद्धता त गरेको छौं । तर कति सक्छौं सोच्न जरुरी छ ।’

उनले संविधानमा लेखिएअनुसार आधारभूत शिक्षा निःशुल्क हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:३३
Weather Update