News Griha :: न्यूजगृह
कोभिड—१९ खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार

काठमाडौं— कोभिड—१९ विरुद्धको खोपको अनुसन्धान गर्ने दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन् ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।

सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन् ।

यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन् ।

वैज्ञानिकले कोभिडविरुद्ध बनाएका विभिन्न खोपमध्ये फाईजर, मोडर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो ।

कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:५९
Weather Update