News Griha :: न्यूजगृह
एमसीसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेको अमेरिकी सहयोग परियोजना एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिसअलब्राइट नेतृत्वको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका हुन् ।

'नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,' मन्त्री ज्वालाले भने,  'परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरू आफैँ हल भएर जानेछन् ।'

प्रमुख कार्यकारी अधिकृत अलब्राइटलेएमसीसी परियोजना सहज रुपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताए । 'एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएको छु नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु,' उनले भनिन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:४७
Weather Update