एमसीसी सीईओ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

काठमाडौं— अमेरिकी सहयोग परियोजना(एमसीसी) की प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलिसअलब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ ।
आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ । अलब्राइट पाँच दिन काठमाडौंमा रहने छिन् ।
सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ अलब्राइट परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आएकी काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
एलिसले अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायतसँग भेटवार्ता गर्ने छिन् ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० ०६:१६