News Griha :: न्यूजगृह
अब माछामा खानै नमिल्ने रङ मिसाउँदैनौं : मलेखुका व्यवसायी
अब माछामा खानै नमिल्ने रङ मिसाउँदैनौं : मलेखुका व्यवसायी माछामा खानै नमिल्ने रङ मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रंङको प्रयोग हटाउन थालेका छन् ।गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेले अब आइन्दा माछा तथा अन्य खानामा रङको प्रयोग नगर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
सरकारलाई सांसद केसीको प्रश्न— महंगी बढेको छ, सरकार के हेरेर बसेको छ ?
सरकारलाई सांसद केसीको प्रश्न— महंगी बढेको छ, सरकार के हेरेर बसेको छ ? नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई महंगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । 
नेपालगञ्जमा किन लगाइयो अनिश्चितकालीन कर्फ्यु ? 
नेपालगञ्जमा किन लगाइयो अनिश्चितकालीन कर्फ्यु ?  जिल्ला प्रशासन कार्यालय बाँकेले  मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु  लगाएको छ । प्रमुख जिल्ला अधिकारी बीपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लाग हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक पक्राउ
गृहमन्त्री श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक पक्राउ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामाजिक सञ्जालमा अपशब्दसहित गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीले भने— भारतसँग उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई धन्यवाद
प्रधानमन्त्रीले भने— भारतसँग उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई धन्यवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाली पुरुष खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका छन् ।
शिक्षा विधेयक संशोधन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शिक्षा विधेयक संशोधन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले संसदमा टेबुल भएको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गरेका छन् । महासंघ र संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विधेयकमा संशोधन गर्नुपर्ने बुँदा बुझाएका छन् ।
नदी उत्खनन गरे ५० हजार जरिवाना 
नदी उत्खनन गरे ५० हजार जरिवाना  नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुंगा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार जरिवाना गर्ने भएको हो ।
म्याग्दीका मुख्य सडक अवरुद्ध, यात्रु समस्यामा
म्याग्दीका मुख्य सडक अवरुद्ध, यात्रु समस्यामा वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो २० कम्पनीलाई कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो २० कम्पनीलाई कालोसूचीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।कम्पनीले गरेका काममा सार्वजनिक निकायबाट लिखित रूपमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय मातहतको खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
सडकमा रोपिएको बिरुवा उखाल्ने महिला पक्राउ 
सडकमा रोपिएको बिरुवा उखाल्ने महिला पक्राउ  सीसीटीभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए । उनले घर अगाडि रूख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार  सडकमा बिरुवा रोपिएको थियो । 
मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ
मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ चौदण्डीगढी नगरपालिका-६ बेलटारबाट सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी नरपालिका-६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान पक्राउ परेका छन्।
गोविन्द लिम्बूको हत्या घटनामा संलग्न ११ जना सार्वजनिक
गोविन्द लिम्बूको हत्या घटनामा संलग्न ११ जना सार्वजनिक दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपितसहित ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपित दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको...
Weather Update