खेलाडीले घोषित पुरस्कार नपाएको विषय संसदमा उठ्यो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम साहले क्रिकेट खेलाडीले घोषित पुरस्कार नपाएको कुरा संसदमा उठाएका छन् । उनले सरकारले पुरस्कारको घोषणा गरेर झुटो आश्वासनमा झुलाएको बताए ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले क्रिकेट खेलाडीले खेल जित्दै जाँदा सरकारले भने उधारो पुरस्कार घोषणा गर्दै बसेको भन्दै आक्रोश पोखे ।
‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । बधाई दिन त सरकारको बिर्सेन होला तर पुरस्कार दिन चाहिँ बिर्सेको छ । सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउन मलाई लाज लागिसक्यो छ,’ उनले भने,‘क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उधारो पुरस्कार घोषणा गर्दै गयो । खेलाडीले पाउनुपर्ने रकम १७ लाख जम्मा भइसकेको छ ।’
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १५:००













