किन भइरहेको छ भारी वर्षा, यसाे भन्छन् माैसमविद् बुधबार, असोज १७, २०८०
देशमा भइरहेको धार्मिक विवादबारे के भन्छन् केपी ओली ? बुधबार, असोज १७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जलगायत देशका विभिन्न क्षेत्रमा धार्मिक सद्भाव खलबलिएको तर्फ सचेत हुन आग्रह गर्दै राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुमार्फत ओलीले नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा देखिएको धार्मिक विवादको कारण राष्ट्रिय एकता कमजोर बनेको भन्दै राष्ट्रिय एकता जोगाउन आग्रह गरे ।

शुक्रबारसम्म वर्षा हुने बुधबार, असोज १७, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म वर्षा हुने जनाएको छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको महाशाखाकाे भनाइ छ ।

बझाङमा भूकम्प जाने क्रम जारी, ४ रेक्टर स्केलमाथिका ११ भूकम्प बुधबार, असोज १७, २०८० सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु...

श्रीमानको हत्या गर्नेलाई सरकारले आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन बुधबार, असोज १७, २०८० सरकारले आफ्ना श्रीमानको हत्यारा योगराज ढकाल रिगललाई संविधान दिनवसको अवसरमा आममाफी दिएको विरोधमा भारती मानन्धरले काठमाडौंको माइतीघर मण्डलामा अनशन सुरु गरेकी छिन् ।भारतीले श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई आममाफी दिएको भन्दै अनशन सुरु गरेकी हुन् । गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई...

सिक्किमको टिस्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता, ४१ गाडी डुबे बुधबार, असोज १७, २०८० सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।दैनिक भास्करका अनुसार मंगलबार बिहान १:३० बजे चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो ।नदी नजिकैको क्षेत्रमा रहेको सेनाको ब्यारेक बाढीले बगाएकाे छ । ब्यारेकमा रहेकामध्ये २३ सैनिक बेपत्ता भएका छन् भने सेनाकै...

हेटौँडा—काठमाडौं सडकखण्ड अवरुद्ध बुधबार, असोज १७, २०८० वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुई वटा सडकखण्डमा बुधबार बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला बुधबार, असोज १७, २०८० बझाङमा भूकम्पपछि सुख्खा पहिरोमा परेर मंगलबारदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जंगल गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए ।

सरकारसँग भएका सहमति कार्यान्वयन होला, के भन्छन् ईसीडी शिक्षक ? बुधबार, असोज १७, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का मागमा वर्षौंपछि सरकारले सहमति जनायो । जसका लागि ईसीडी शिक्षक सडकमा आउनुपर्यो ।

बाढीले अस्थायी पुल र सडकमा क्षति बुधबार, असोज १७, २०८० लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ बुधबार, असोज १७, २०८० इन्द्रजात्रा हेर्न सोमबार राति न्यूरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्यूरोड पुगेका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ घर भई क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध बुधबार, असोज १७, २०८० केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए ।

कालीगण्डकी करिडोर अवरुद्ध बुधबार, असोज १७, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।









