News Griha :: न्यूजगृह
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता  धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा  मंगलबार पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ ।
शिशु जन्माउन नसकेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार
शिशु जन्माउन नसकेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार  हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई १७ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए ।
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।
विद्यालय सहायक यादवलाई राहत !
विद्यालय सहायक यादवलाई राहत ! जहदा गाउँपालिका, माेरङले विद्यालय सहायक मुकेश कुमार यादवलाई पुनः विद्यालयमा हाजिरी हुन पाउने गरी बुद्देश्वरी माध्यमिक विद्यालय जहदा—१ लाई पत्र पठाएको छ ।
गुण्डा रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
गुण्डा रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
भक्तपुरमा कारको ठक्करबाट एकको मृत्यु
भक्तपुरमा कारको ठक्करबाट एकको मृत्यु भक्तपुरमा कारको ठक्करबाट एक जना  मृत्यु भएको छ । बिहीबार मध्यपुर थिमि नगरपालिका—९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो । साे  दुर्घटनामा एककाे मृत्यु भएकाे हाे ।पुरानो थिमी जाँदै गरेको बाग्मती प्रदेश ०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९...
बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन 
बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन  प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत निर्देशन दिएका छन् ।
सहमति कार्यान्वयन गराउन ईसीडी शिक्षकको दौडधुप
सहमति कार्यान्वयन गराउन ईसीडी शिक्षकको दौडधुप प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र सरकारबीच भएको सहमति कार्यान्वयन गराउन नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले दौडधुप गरेको छ ।
आयोगले गर्‍यो माध्यमिक तहकाे नतिजा प्रकाशन
आयोगले गर्‍यो माध्यमिक तहकाे नतिजा प्रकाशन शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ ।
सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता 
सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता  बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो । लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।
सर्पले टोक्दा कपिलवस्तुमा दिदीबहिनीको मृत्यु  
सर्पले टोक्दा कपिलवस्तुमा दिदीबहिनीको मृत्यु   अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले ३ वर्षीया बालिकाको बिहान र ८ वर्षीया बालिकाको साँझ मृत्यु भएको बताए । उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ ।
Weather Update