सर्पले टोक्दा कपिलवस्तुमा दिदीबहिनीको मृत्यु

काठमाडौं— कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले टोकेर घाइते भएका वाणगङ्गा नगरपालिका–९ भलवाडका दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले ३ वर्षीया बालिकाको बिहान र ८ वर्षीया बालिकाको साँझ मृत्यु भएको बताए । उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ ।
सर्पले टोकेको थाहा पाएपछि दुबैलाई बिहान उपचारका लागि कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । गोरुसिङ्गेबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको लागि ल्याइएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० २०:३४













