News Griha :: न्यूजगृह
गुण्डा रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं— बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

चेतन मानन्धरकी श्रीमती भारतीले असोज १४ गते रिट दायर गरेकी थिइन् । सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो ।

उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौंमा आइपुगेकी छिन् । भारती बुधबार सर्वोच्च परिसरमा ढलेकी थिइन् । उनलाई वीर अस्पतालमा उपचार गरिएको छ । उनी गुण्डा रिगललाई जेल पठाउनु माग गर्दै अनशन बसेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:५८
Weather Update