News Griha :: न्यूजगृह
आयोगले गर्‍यो माध्यमिक तहकाे नतिजा प्रकाशन

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ ।

आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयका शिक्षक छनोट गरेको हो ।

असोज १७ गते लिएको अन्तर्वार्ता उपस्थित उम्मेदवारको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकको आधारमा नतिजा प्रकाशन गरेको छ ।
 

नतिजा

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:३६
Weather Update