News Griha :: न्यूजगृह
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए ।

उनले भने,‘सोचेको जस्तो रिजल्ट आएन । चुनौतीपूर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहाेर्नुपर्‍याे । निरासासँगै खेल सकारात्मक नै थियो ।’

आउने दिनमा बलिया देशसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:३२
Weather Update