विद्यालय सहायक यादवलाई राहत !

काठमाडौं— जहदा गाउँपालिका, माेरङले विद्यालय सहायक मुकेश कुमार यादवलाई पुनः विद्यालयमा हाजिरी हुन पाउने गरी बुद्देश्वरी माध्यमिक विद्यालय जहदा—१ लाई पत्र पठाएको छ ।
जानकारीबिना नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आन्दोलन काठमाडौंमा गएको र धेरै दिन विद्यालयमा अनुस्थित भएको भन्दै यादवलाई कारबाही स्वरुप गाउँपालिकालाई पत्र पठाएको थियो ।
यादवले आफू विद्यालयमा अनुपस्थित हुन नसक्नुको कारण खुलाई गाउँपालिकामा लिखित जवाफ पेस गरेका थिए ।
यादवको प्रस्टीकरणपछि गाउँपालिकाले हाजिरीकाे व्यवस्था गरी सञ्चित बिदाबाट अपुग भएमा बिरामी बिदाबाट समेत बिदा मिलान गर्न गाउँपालिकाले विद्यालयलाई भनेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १२:३०













