भक्तपुरमा कारको ठक्करबाट एकको मृत्यु

काठमाडौं— भक्तपुरमा कारको ठक्करबाट एक जना मृत्यु भएको छ । बिहीबार मध्यपुर थिमि नगरपालिका—९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो । साे दुर्घटनामा एककाे मृत्यु भएकाे हाे ।
पुरानो थिमी जाँदै गरेको बाग्मती प्रदेश ०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९ नम्बरको कार ठोक्किएको हो ।
कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका—२ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन् ।
कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ११:४८













