News Griha :: न्यूजगृह
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्नुहोस् अनलाइन फारम
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्नुहोस् अनलाइन फारम यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले...
साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री सञ्जालमा पोस्ट नगर्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गर्ने चेतावनी
साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री सञ्जालमा पोस्ट नगर्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गर्ने चेतावनी प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बुधबार एक सूचना प्रकाशित गरी त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । 
जल उत्पन्न प्रकोपका इन्जिनियर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडको बिगो माग
जल उत्पन्न प्रकोपका इन्जिनियर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडको बिगो माग अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ गतेसम्मको आय व्ययको विश्लेषण गरेको थियो । उनको अस्वभाविक जीवनयापन, हैसियत भन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ । 
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
हेटौँडामा दूध बोक्ने गाडी पल्टियाे, एकको मृत्यु, एक घाइते
हेटौँडामा दूध बोक्ने गाडी पल्टियाे, एकको मृत्यु, एक घाइते मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
चाडबाडलक्षित बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन
चाडबाडलक्षित बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागिसंघीय  संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति
बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति बझाङको तलकोटमा मंगलबार ५.३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर आएको ६.३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षति भएका छन् ।घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की...
तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह
तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मंगलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । 
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षित स्थानान्तरण, बसोबास, राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन्  ।
मध्यपहाडी लोकमार्ग : यी ठाउँमा पहिरो, यातायात ठप्प, यात्रु अलपत्र
मध्यपहाडी लोकमार्ग : यी ठाउँमा पहिरो, यातायात ठप्प, यात्रु अलपत्र निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र नेपाली गन्तव्यतर्फ जाँदै
नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र नेपाली गन्तव्यतर्फ जाँदै नेपालगञ्जमा लागेको कर्फ्युका कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
Weather Update