News Griha :: न्यूजगृह
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह

काठमाडौं— सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षित स्थानान्तरण, बसोबास, राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन्  ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग सभापतिले आग्रह गर्नुभएको छ ।’

देउवाले कांग्रेस स्थानीय पार्टी पंक्तिलाई समेत सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न आग्रह गरेका छन् । मंगलबार दिउँसो २:४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो  । 

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:०५
Weather Update