मिथिलामा आज जितीया व्रतशुक्रबार, असोज १९, २०८०

असल चालचलन भएका कैदी अब जेलबाहिरै बस्न पाउने शुक्रबार, असोज १९, २०८० प्यारोल सुविधा प्राप्त गर्नका लागि कैदीहरूको असल चालचलन भएरमात्र पुग्दैन। उनीहरूले तोकिएको सजायको दुई तिहाइ कैद भुक्तानी गरेको हुनुपर्ने र त्यस्ता कैदीहरूको जेल सजाय एक वर्षभन्दा बढी समय तोकिएको हुनुपर्छ। यी मापदण्ड पुगेपछि मात्र प्यारोल अधिकृतको सिफारिसमा कैदीहरूले बाँकी एक तिहाइ कैद सजाय घर वा समाजमा बसेर भुक्तानी गर्न पाउँछन्...

डोल्पामा नुन अभाव शुक्रबार, असोज १९, २०८० सदरमुकामस्थित डिपोमा चार सय ९० क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए । उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताए ।

'गुन्डा नाइके' रिगलको कैद मिनाहा प्रकरणमा सर्वोच्चले माग्यो राष्ट्रपतिको निर्णय बिहीबार, असोज १८, २०८० संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो ।

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास रिहा बिहीबार, असोज १८, २०८० उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरूले दिए सामूहिक राजीनामा बिहीबार, असोज १८, २०८० निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटर, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।
बचतकर्ताको ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ बिहीबार, असोज १८, २०८० सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईँले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । एसपी अधिकारीका अनुसार चौलागाईँले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत...

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा बिहीबार, असोज १८, २०८० गत असोज १० गते एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले मंगोलियाविरूद्ध कीर्तिमानको ओइरो लगाएको थियो। उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए ।

मावि लाईसेन्सको नतिजा नयाँ तरिकाले हेर्न सकिने बिहीबार, असोज १८, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाईसेन्स) को नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ ।

रिगललाई आममाफीमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ बिहीबार, असोज १८, २०८० सर्वोच्च अदालतले बाँकेको नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई संविधान दिवसमा आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न सांसदको आग्रह बिहीबार, असोज १८, २०८० प्रतिनिधि सभाका सांसदले धार्मिक र सामाजिक सद्भभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।

आममाफीको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्छु : माधव नेपाल बिहीबार, असोज १८, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा आफूहरुलाई कुनै जानकारी नदिइ निर्णय गरेको बताएका छन् ।

दार्चुलाको राताकाठा भीरमा मिनिट्रक दुर्घटना, एकको मृत्यु बिहीबार, असोज १८, २०८० दुहु गाउँपालिका–३ राताकाठा भीरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।









