News Griha :: न्यूजगृह
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास रिहा

काठमाडौं—  उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाटसुनसरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि लगिएको थियो ।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ ।

खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:१४
Weather Update