
काठमाडौं— साधुसन्तले खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवासलाई रिहा गर्न माग गरेका छन् ।
विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रीनिवासलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको थियो । उनलाई जनकपुरधामका साधुसन्तहरूले तुरुन्त रिहा गर्न माग गरेका हुन् ।
बुधबार रामानन्दिय बैष्णव संघले जनकपुरधाममा पत्रकार सम्मेलन गरी आचार्यलाई बिनासर्त तुरुन्त रिहा नगरे सम्पूर्ण साधुसन्त र हिन्दुवादीले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रामानन्दिय बैष्णव संघका अध्यक्ष एवम् जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्री निवास आचार्यलाई रिहाइ नगरेमा भोलि जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने जानकारी दिए ।
श्री निवास आचार्यले गौहत्या गर्नेहरूप्रति चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा स्वरुप खुकुरी देखाएर गौहत्याप्रति कडा टिप्पणी मात्र दिएको भन्दै महन्थ दासले गौहत्या गर्नेलाई कारबाही नगर्ने तर गौरक्षाप्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गर्नेप्रति घोर भत्र्सना गरे ।
असोज १२ गते गौहत्याविरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा धर्मगुरु श्री निवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्नेविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए ।