News Griha :: न्यूजगृह
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विराटनगर— विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:०७
Weather Update