रिगललाई आममाफीमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौं— सर्वोच्च अदालतले बाँकेको नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाललाई संविधान दिवसमा आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयलगायतका विपक्षीलाई आममाफी गर्नुको लिखित कारण पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चले रिगलको आममाफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।
रिगललाई पुनः थुनामा पठाउन माग गर्दै चेतनकी श्रीमती भारतीले मुद्दा दर्ता गरेकी थिइन् ।
असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १७:१९














