News Griha :: न्यूजगृह
२४ करोड रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ
२४ करोड रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ का वर्ष ३० का पिन्टुकुमार साह छन् ।  कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार साहलाई जुवा वा सट्टाबाजी गरेको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
नेपाल र रोमानियाबीच श्रम सम्झौता
नेपाल र रोमानियाबीच श्रम सम्झौता नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरूका लागि...
शिक्षकसँग भएका सम्झौता शिक्षा ऐनमा आउनुपर्छ : सांसद शर्मा
शिक्षकसँग भएका सम्झौता शिक्षा ऐनमा आउनुपर्छ : सांसद शर्मा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षकसँग गरिएका सम्झौतालाई शिक्षा विधेयकको अङ्ग बनाउन आग्रह गरेका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले अहिलेको सरकारले कैयौं निर्णयमा कमजोरी गर्दै आइरहेको भन्दै शिक्षा विधेयक निर्णयमा कमजोरी नगर्न आग्रह गरे ।
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण काठमाडौंबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । 
सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने
सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने सरकारले बझाङ भूकम्प पीडितलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ दिने भएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत भूकम्पबाट भएको क्षति र पीडितको अवस्था अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्रीले ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
शिक्षक महासंघसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग
शिक्षक महासंघसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासंघ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने...
बझाङ भूकम्प पीडितलाई घर बनाइदिने प्रधानमन्त्रीको आश्वासन 
बझाङ भूकम्प पीडितलाई घर बनाइदिने प्रधानमन्त्रीको आश्वासन  नेपाली सेनाको हेलिकप्टर चढेर शुक्रबार बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितको घर बनाइदिने आश्वानसन दिएका छन् ।
प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको : सांसद शर्मा
प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको : सांसद शर्मा सांसद डा.सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोड सम्मको रहेको बताउँदै त्यसलाई लिलामीमा राखेर दुर्गम क्षेत्रको शिक्षामा खर्च गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।
सीके राउन भन्छन्— शिक्षा विधेयक संघीयता विरोधी
सीके राउन भन्छन्— शिक्षा विधेयक संघीयता विरोधी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विद्यालय शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छन् ।
सांसदले सरकारलाई सोधे— शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि ?
सांसदले सरकारलाई सोधे— शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि ?  प्रतिनिधि सभाका सांसदले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद...
विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह
विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह स्वतन्त्र सांसद अमरेश सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधि सभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एनजीओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन् । 
सांसदको प्रश्न— गरिबको दसैँ कसरी टर्छ ? 
सांसदको प्रश्न— गरिबको दसैँ कसरी टर्छ ?  सांसदले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महंगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
Weather Update