News Griha :: न्यूजगृह
इजरायल घटनामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर [अपडेट]
इजरायल घटनामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर [अपडेट] इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् । घाइते ९ मध्ये दुई जनाको अवस्था गम्भीर छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो ।
मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, ४ करोडको क्षति
मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, ४ करोडको क्षति मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो । शनिबार दिउँसो साढे १२ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा साँझ ५ बजेतिर नियन्त्रणमा लिइएको हो ।
प्रधानसेनापति शर्मा बेलायत जाने
प्रधानसेनापति शर्मा बेलायत जाने प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् ।बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।
पूर्व आईजीपी खनालको दाबी— राजनीतिक संरक्षण मै अपराध बढ्यो
पूर्व आईजीपी खनालको दाबी— राजनीतिक संरक्षण मै अपराध बढ्यो राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको उनले दाबी गरे  । शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा...
सल्यानमा बस दुर्घटना, २ को मृत्यु
सल्यानमा बस दुर्घटना, २ को मृत्यु सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका- ३ मूलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।
४ दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प
४ दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा फेरि गयो भूकम्प
बझाङमा फेरि गयो भूकम्प बझाङ केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ । शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
शिक्षकका सेवासुविधा र मनोबलमा वृद्धि होस् : जनमत
शिक्षकका सेवासुविधा र मनोबलमा वृद्धि होस् : जनमत डा.चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले शिक्षकको सेवासुविधा र मनोबलमा वृद्धि हुनेगरी शिक्षा ऐन आउनुपर्ने बताएको छ । विद्यालय शिक्षा विधेयक २०८० माथि संसदमा छलफल भइरहँदा जनमतले  सो कुरा बताएका हुन् ।
सरकारले भोलिबाट यी जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने
सरकारले भोलिबाट यी जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने सरकारले उपत्यका र उपत्यका बाहिर गरी भोलि (आइतबार) बाट ४२ जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता 
देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता  अर्थमन्त्री डा.प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।
मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु मकवानपुरको थाहा नगरपालिका—१ कुन्छालमा शनिबार बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा नुवाकोटको बेलकोट नगरपालिका—५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।
Weather Update