मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, ४ करोडको क्षति

काठमाडौं— मोरङको एक प्लाई र केमिकल गोदाममा आगलागी भएको छ ।
बूढीगंगा गाउँपालिका– १ गङ्गा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी हुँदा पौने चार करोड बराबरको क्षति भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो । शनिबार दिउँसो साढे १२ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा साँझ ५ बजेतिर नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट प्लाईका ३ वटा गोदाम पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० १९:३३













