News Griha :: न्यूजगृह
सल्यानमा बस दुर्घटना, २ को मृत्यु

सल्यान— सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका- ३ मूलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर- ६ का ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका- ६ की ४० वर्षीया अनिता बोहरा छन् । दुवैको घटनास्थलमै मृत्यु भएको सल्यानका डीएसपी नवीन कार्कीले बताए ।

दुर्घटनाका घाइतेलाई स्थानीय तथा प्रहरीले उद्धार गरेर उपचारार्थ प्रादेशिक अस्पताल तुलसीपुर पठाएका हुन् । बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ ।

डीएसपी कार्कीका अनुसार गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो । बसमा २१ जना सवार थिए । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:५५
Weather Update