बझाङमा फेरि गयो भूकम्प

काठमाडौं— बझाङ केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ । शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो । गत मंगलबार दिउँसो पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो ।
त्यसपछि ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । सो भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० १३:०१














