प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाल र ओलीबीचको भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ११:०१













