News Griha :: न्यूजगृह
इजरायल घटनामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर [अपडेट]

काठमाडौं— इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् ।

घाइते ९ मध्ये दुई जनाको अवस्था गम्भीर छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो ।

'केही मानिसको ज्यान जाने गरी र कैयौँ घाइते हुने गरी इजरायलमा आज भएको आतङ्कवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,' परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, 'संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौँ।' 

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको जनाएको छ ।

युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २१:१२
Weather Update