News Griha :: न्यूजगृह
जितिया पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्छ : प्रधानमन्त्री दाहाल
जितिया पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
पम्फा भुसालले भनिन्— निजीलाई धारेहात लगाएर सरकारी शिक्षा मजबुत हुँदैन
पम्फा भुसालले भनिन्— निजीलाई धारेहात लगाएर सरकारी शिक्षा मजबुत हुँदैन नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारेहात लगाएर मात्र सरकारी शिक्षा मजबुत नहुने बताएकी छन् ।
आज कालीमाटीमा काउलीदेखि मेवासम्मको मूल्य कति ?
आज कालीमाटीमा काउलीदेखि मेवासम्मको मूल्य कति ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको...
भेडाको बसोबास अब बेँसीमा
भेडाको बसोबास अब बेँसीमा गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेँसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेँसी झर्न थालेपछि बाग्लुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेँसीतिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेँसी...
जितिया पर्व आज सकिँदै
जितिया पर्व आज सकिँदै हिन्दु पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।ज्याेतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने...
आज यी प्रदेशमा पानी पर्ने
आज यी प्रदेशमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले पानी पर्ने जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, बाग्मती...
पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु 
पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु  शुकबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।
जडीबुटीमा यौनिक अल्पसंख्यक र युवाहरूबीच झगडा, तीनजना घाइते
जडीबुटीमा यौनिक अल्पसंख्यक र युवाहरूबीच झगडा, तीनजना घाइते जडीबुटीमा केही यौनिक अल्पसंख्यक (तेस्रोलिङ्गी) र युवाहरूबीच भनाभन हुँदा सामान्य झडप भएको छ  । जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका तेस्रोलिङ्गीलाई मोटरसाइकलमा सवार केही युवाले जिस्काएपछि घटना भएको काठमाडौं प्रहरीले जनाएको छ ।
सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह 
सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह  काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । 
६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा
६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुन्जेल थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासको एकल इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो । श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५...
हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम
हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे ।
Weather Update