पम्फा भुसालले भनिन्— निजीलाई धारेहात लगाएर सरकारी शिक्षा मजबुत हुँदैन

काठमाडौं— नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारेहात लगाएर मात्र सरकारी शिक्षा मजबुत नहुने बताएकी छन् ।
शुक्रबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले सरकारी र सार्वजनिक शिक्षालाई महत्त्व दिने पार्टीको नीति हुँदाहुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाइ र आम मानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने बताइन् ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ०९:२९













