News Griha :: न्यूजगृह
६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा

काठमाडौं—  जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।

सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् ।

पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:०१
Weather Update