जडीबुटीमा यौनिक अल्पसंख्यक र युवाहरूबीच झगडा, तीनजना घाइते

काठमाडौं— जडीबुटीमा केही यौनिक अल्पसंख्यक (तेस्रोलिङ्गी) र युवाहरूबीच भनाभन हुँदा सामान्य झडप भएको छ ।
जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका तेस्रोलिङ्गीलाई मोटरसाइकलमा सवार केही युवाले जिस्काएपछि घटना भएको काठमाडौं प्रहरीले जनाएको छ ।
घटनामा दुई युवा र एक तेस्रोलिङ्गी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेपछि सबै भागेका र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा केही सवारीसाधनमाथि तोडफोड भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० २१:३५













