हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम
हुम्ला— कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने आह्वान गरेअनुरुप आयोजित उक्त कार्यक्रममा स्थानीय कृषि उपजको प्रदर्शनी पनि गरिएको हो ।
कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे ।
पहाडी भेग र कम पानी पर्ने कमसल जमिनमा पनि कोदोखेती गर्न सकिने भएकाले त्यसतर्फ लाग्न उनले आह्वान गरे ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १९:१६