
जनकपुरको बिग मार्टमा आगलागी हुँदा १० करोडको क्षति आइतबार, असोज २१, २०८० जनकपुरस्थित एक बिग मार्टमा गएराति आगलागी हुँदा १० करोडको क्षति भएको छ ।

ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै ३ पक्राउ आइतबार, असोज २१, २०८० कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट १ सय ७ थान सालको कडीसहित ३ जना पक्राउ परेका छन् ।

नागढुंगा सुरुङमार्ग नजिकै जमिन भासियो आइतबार, असोज २१, २०८० नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका–१ बस्नेतछाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।
![मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची]](https://newsgriha.com/uploads/posts/520X390/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची] आइतबार, असोज २१, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तह,तृतीय श्रेणी अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।

संसदमा शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै आइतबार, असोज २१, २०८० प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् ।

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता आइतबार, असोज २१, २०८० सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगुको सोरु गाउँपालिका–५ नेरगाउँका हुन् ।

दसैँका लागि नयाँ नोट सटही असोज २९ बाट आइतबार, असोज २१, २०८० राष्ट्र बैंकका अनुसार दसैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ । राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति आइतबार, असोज २१, २०८० जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।

अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु आइतबार, असोज २१, २०८० धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली परकम्प महसुस गरिएको थियो । अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए । सो भुकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व आइतबार, असोज २१, २०८० पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको छ ।

जनकपुरको बिग मार्टमा आगलागी आइतबार, असोज २१, २०८० जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाँले जानकारी दिए ।

बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा आइतबार, असोज २१, २०८० प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।









