News Griha :: न्यूजगृह
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति 

काठमाडौं— जनकपुर बिग मार्टमा गएराति भएको आगलागीबाट १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।

सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए । मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ । मार्टको दोस्रो तल्लामा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:५४
Weather Update