काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरुसोमबार, असोज २२, २०८०
इजरायल घटना : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २६० शव सोमबार, असोज २२, २०८० इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बसपार्कमा अग्रिम टिकट लिनेको भीड सोमबार, असोज २२, २०८० दसैँका लागि आज सोमबारदेखि अग्रिम बस टिकट खुलेसँगै गोगंबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरूको भीड लागेको छ ।

इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक सोमबार, असोज २२, २०८० इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्धारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन् ।प्रचण्डले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक र साँझ ५ बजे सर्वदलीय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महत मोरक्को प्रस्थान सोमबार, असोज २२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन सोमबार मोरक्को प्रस्थान गरेका छन् ।

इजरायलमा रहेका नेपालीबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक जारी सोमबार, असोज २२, २०८० परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी छ ।सोमबार सिंहदबारमा इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक बसेको हो ।

विद्यालय शिक्षा विधेयक संशोधनको पक्रियामा सोमबार, असोज २२, २०८० विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको छ । शुक्रबार भएको दफाबार छलफलमा उठेका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जवाफ दिएसँगै सदनले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको हो ।

जीप दुर्घटनाका घाइतेको उद्धारका लागि जहाज हुम्ला पठाइयो सोमबार, असोज २२, २०८० हुम्लामा भएको जीप दुर्घटनाबाट गम्भीर घाइतेको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल हाजिरी जमानीमा छुटे सोमबार, असोज २२, २०८० आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा छाडेको हो । अग्रवाललाई उनका कानुनी सल्लाहकार आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

बागमतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना सोमबार, असोज २२, २०८० देशका केही भूभागमा सोमबार बिहान वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

जीप दुर्घटनामा घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार आइतबार, असोज २१, २०८० दुर्घटनामा गम्भीर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पाँच वर्षमा जलविद्युत क्षेत्रमा चमत्कार भएको छ : माओवादी सांसद पुन आइतबार, असोज २१, २०८० आइतबार प्रतिनिधि सभा बैठकमा आइतबार विद्युत् विधेयक, २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले पाँच वर्ष अगाडि १ हजार मेगावट हाराहारीमा मात्रै रहेको र अहिले ३ हजार पुगेको भन्दै पछिल्लो पाँच वर्षमा जलविद्युतको क्षेत्रमा चमत्कार भएको तर्क गरेका हुन् ।

इजरायलमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउन सरकारसँग कांग्रेसको माग आइतबार, असोज २१, २०८० आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरि इजरायलमा नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा गर्न माग गरेका हुन् । त्यस्तै, कांग्रेसले त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा पुर्याउन तथा आवश्यक परे स्वदेश फर्काउनका लागि सरकारले अविलम्व कूटनीतिक पहल गर्नुपर्ने बताएको छ ।









