विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महत मोरक्को प्रस्थान

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन सोमबार मोरक्को प्रस्थान गरेका छन् ।
बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ ।
यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ ।
अर्थमन्त्री डा.महतका साथमा अर्थसचिव डा.कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् ।
बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १०:५७













