News Griha :: न्यूजगृह
जीप दुर्घटनाका घाइतेको उद्धारका लागि जहाज हुम्ला पठाइयो

काठमाडौं— हुम्लामा भएको जीप दुर्घटनाबाट गम्भीर घाइतेको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

सोमबार समाजिक सञ्जालमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद् जीप दुर्घटनाबाट नौ जना गम्भीर घाइते भएका उनीहरुको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।

उनले लेखेका छन्,‘हिजो हुम्लामा भएको दुःखद् जीप दुर्घटनाबाट नौ जना गम्भीर घाइतेलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गई असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

आइतबार सिमकोट गाउँपालिका–५, ग्वाले ढुस्कामा सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको जीप दुर्घटना भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:५३
Weather Update