News Griha :: न्यूजगृह
काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु

काठमाडौं— प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाको लागि विश्वासिलो न्याय प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा आजबाट पारिवारिक इजलास सेवाको शुभारम्भ गर्दै उनले नेपालको इतिहासमै पहिलोपटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्दामा छिटो छरितो फैसला हुने बताए ।

उनले भने,‘हाम्रो न्यायक पक्रियामा यो पहिलोपटक नै हो । यसले विशेष गरेर महिलावादी भएर चल्ने मुद्दामा छिटो छरितो फैसला गर्न सक्छ । यसले महिलाको लागि केही न केही विश्वासिलो न्याय प्रदान गर्न सक्छ भन्ने आशा छ ।’

उनले यो एउटा प्रयास मात्रै भएको भन्दै यसबाट सकारात्मक नतिजा आए विस्तारै अरु अदालतमा पनि सुरुआत गर्ने अठोटका साथ लागेको बताए ।

उनले भने,‘यो एउटा प्रयास मात्रै हो यसबाट सकारात्मक नतिजा आयो भने यसमा अरु पनि केही मुद्दा थप्न सक्छौं । महिलाले अंश पाउन गारो भएको अवस्थामा यो पारिवारिक इजलासले राम्रो काम गर्छ भन्ने लाग्छ । यसलाई विस्तारै अरु अदालतमा पनि सुरुआत गर्ने र यसलाई लागु गर्ने अठोट गरेका छौं ।’

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:२०
Weather Update