जीप दुर्घटनामा घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार

हुम्ला— सिमकोटमा जीप दुर्घटनामा परी घाइते भएकाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गम्भीर घाइते तीन जनालाई उद्धार गरी बाँकेको नेपालगञ्ज लगिएको छ । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जीप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १९:३४













