News Griha :: न्यूजगृह
इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक

काठमाडौं— इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्धारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन् ।

प्रचण्डले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक र साँझ ५ बजे सर्वदलीय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीबाट दिउँसो  ४ बजे मन्त्रिपरिषद् र त्यस लगत्तै सर्वदलीय बैठक आह्वान भएको छ ।’ 

बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ । 

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि परराष्ट्र मन्त्रालयमा बसिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:१०
Weather Update