News Griha :: न्यूजगृह
इजरायलमा रहेका नेपालीबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक जारी

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी छ ।

सोमबार सिंहदबारमा इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक बसेको हो ।

सरकारले आइतबार संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण काम गर्ने भनिएको छ ।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको पनि मृत्यु भएको छ । हमास आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:४८
Weather Update