News Griha :: न्यूजगृह

काठमाडौं—  नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन नेपालको जलविद्युत क्षेत्रमा पछिल्लो पाँच वर्षमा चमत्कार भएको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा आइतबार विद्युत् विधेयक, २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले पाँच वर्ष अगाडि १ हजार मेगावट हाराहारीमा मात्रै रहेको र अहिले ३ हजार पुगेको भन्दै पछिल्लो पाँच वर्षमा जलविद्युतको क्षेत्रमा चमत्कार भएको तर्क गरेका हुन् । 

Prabhu Bank

उनले भने, ‘पछिल्लो पाँच वर्षमा हामीले जलविद्युत क्षेत्रमा चमत्कार गरेका छौँ । पाँच वर्ष अगाडि १ हजार मेगावट हाराहारीमा रहेको थियो अहिले कूल जडित क्षमता अहिले  ३ हजार पुगेको छ त्यो राम्रो हो । यसलाई हामीले प्रोत्साहन पनि गर्नुपर्छ ।’ 

जलविद्युतमा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । विगतमा निजी क्षेत्रलाई नदी प्रवाहमा आधारित विद्युत् आयोजनामा  मात्र लगानी गर्न दिइएकोमा अब जलाशययुक्त आयोजनामा समेत निजी क्षेत्रको प्रवेश सुनिश्चित गरिनुपर्ने बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:११
राजनीति
विशेष
Weather Update