इजरायलमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो : परराष्ट्रमन्त्री साउदमंगलबार, असोज २३, २०८०
व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न परराष्ट्रमन्त्री एनपी साउदकाे आग्रह मंगलबार, असोज २३, २०८० परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

मुढा बुन्न सिक्दै विद्यार्थी मंगलबार, असोज २३, २०८० म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदीले फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागेकी हुन् ।

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह मंगलबार, असोज २३, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ ।

बढ्दो क्रममा छ मानसिक स्वास्थ्य समस्या मंगलबार, असोज २३, २०८० पछिल्लो समय मानिसहरूमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा मंगलबार, असोज २३, २०८० इजरायलमा हमासको आक्रमणबाट मारिएका विद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गर्दै विश्वविद्यालयले शोक बिदा दिएको हो । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थी गत शनिबार मारिएका थिए ।

टिस्टाको भीषण बाढीपछि इलामका १० जना एक सातादेखि सम्पर्कविहीन मंगलबार, असोज २३, २०८० सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएका छन् । इलाम नगरपालिका- ९ का १० जना असोज १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् । कामको खोजीमा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको इलाम नगरपालिका- ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ ५ घाइते सोमबार, असोज २२, २०८० मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

टेलिभिजनभित्र लुकाएर सुन ल्याउने एक जना पक्राउ सोमबार, असोज २२, २०८० मलेसियाबाट काठमाडौं आएका सिन्धुली घर भएका नवराज धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् । धामीमाथि अनुसन्धान जारी रहेको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

बङ्करमा लुकेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले लैजाँदैछ सुरक्षित स्थलमा सोमबार, असोज २२, २०८० हमासको आक्रमणपछि इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडिओ पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् ।

दुर्व्यवहार अघि दुर्गा प्रसाईँले भनेका थिए— देशलाई तस्करीको अड्डा बनाइयो सोमबार, असोज २२, २०८० व्यवसायी दुर्गा प्रसाईँले उद्योगधन्दा र कलकारखाना सबै सिध्याएर देशलाई तस्करी गर्ने अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अहिलेका दलहरूले देशलाई सुन तस्करी गरेर, उद्योगधन्दा कलकारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाएको दाबी गरेका हुन् ।

शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय सोमबार, असोज २२, २०८० नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।










