News Griha :: न्यूजगृह
बढ्दो क्रममा छ मानसिक स्वास्थ्य समस्या

काठमाडौं— आज विश्व मानसिक स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै छ ।  

पछिल्लो समय मानिसहरूमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् ।

यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाङ्क्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।

मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।  यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाबारे चेतना जागृत गरिन्छ । 

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन्। बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ।  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:४५
Weather Update