News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— व्यवसायी दुर्गा प्रसाईँले उद्योगधन्दा र कलकारखाना सबै सिध्याएर देशलाई तस्करी गर्ने अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अहिलेका दलहरूले देशलाई सुन तस्करी गरेर, उद्योगधन्दा कलकारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्ने ठाउँ जस्तो बनाएको दाबी गरेका हुन् । 

Prabhu Bank

उनले भने, ‘यहाँ नक्कली पैसा र सुनको कारोबार हुन्छ । यो देश उद्योग धन्दा कल कारखाना सबै सकाएर तस्करी अड्डा क्यासिना खेल्ने ठाउँजस्तो बनाएका छन् । हामी क्यासिनोको गोटी हौं यिनीहरूको?' 

विभिन्न नेताहरूको नामै लिएर गम्भीर आरोप लगाएका उनले उपसभामुख इन्दिरा राना मगरले बालमन्दिरबाट ५ जना बच्चा बेचेको दाबी गरे । बालमन्दिरको १७ वटा बच्चा बेचिएकोमा ५ वटा बच्चा उपसभामुखले बेचेको प्रमाण रहेको आफूसँग रहेको उनको दाबी छ । 

उनले भने, ‘बालमन्दिरको १७ वटा बच्चा बेचेको रहेछ १७ वटा मध्येमा ५ वटा बच्चा पत्ता लाग्यो कसले कहाँ कहाँ बेचेको रहेछ । उपसभामुखले नै बेचेको प्रमाण मसँग सुरक्षित छ । कस्तो मानिस राखेर देश हाँक्न खोज्दै हुनुहुन्छ ।’ प्रसाईँले केपी शर्मा ओलीले देशको सबै पैसा टावरमा र रेलमा लगेर थुपारेको टिप्पणी गरे ।

पत्रकार सम्मेलनपछि प्रसाईँमाथि अज्ञात व्यक्तिहरूले कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:३६
Weather Update