News Griha :: न्यूजगृह
इजरायलमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो : परराष्ट्रमन्त्री साउद

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार मन्त्री साउदले बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको बताएका हुन् ।

बैठकमा उनले भने,‘५५ जना नेपाली विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । साथै इजरायलको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ ।’

मन्त्री साउदले अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:३६
Weather Update