News Griha :: न्यूजगृह
शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं— नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सिंहदरबास्थित संसदीय दलको कार्यालयमा साेमबार बसेको बैठकले सत्ता गठबन्धनभित्र उक्त विधेयकमा छलफल गरेर संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले सो विधेयकमाथि संशोधन राख्ने समयावधिभित्र सबै सांसदले आआफ्नो ठाउँबाट पनि संशोधन प्रस्ताव दर्ता गर्न पाउने निर्णय गरेको पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उक्त विधेयकमाथि संसदीय समितिमा दफावार छलफलका क्रममा सक्रिय भूमिका निर्वाह गरिने बैठकको निर्णय छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:२८
Weather Update